वर्षाको कारण सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध

वर्षाको कारण सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध

काठमाडौं - वर्षाले सडक भासिएपछि कान्ति लोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवानजिक सडक भासिएको हो । 

वर्षाको कारण सडक भासिएर भत्किँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ । 

सडक अवरुद्ध भएपछि सवारीसाधन र यात्रु अलपत्र परेका छन् । 

खबरपाटी
खबरपाटी