गाजामा ६० दिने युद्धविराम गर्न इजरायल सहमत भएको ट्रम्पको दावी

गाजामा ६० दिने युद्धविराम गर्न इजरायल सहमत भएको ट्रम्पको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तहरूमा सहमति जनाएको बताएका छन्। ुहामी युद्ध अन्त्य गर्न सबै पक्षहरूसँग मिलेर काम गर्नेछौं,ुट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्। यद्दपि उनले सर्तहरूको बारेमा कुनै विवरण दिएका छैनन्।

ट्रम्पले लेखेका छन्,ुकतार र इजिप्टले शान्ति स्थापना गर्न कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ कि हमासले यो सम्झौता स्वीकार गर्नेछ किनकि यसले परिस्थितिलाई राम्रो बनाउने होइन बरु झनै खराब बनाउनेछ।ु

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेर १२ सय मानिसको ज्यान लिएपछि उसले  गाजामा सैन्य कारबाही थालेको हो। उक्त कारबाहीमा हालसम्म गाजामा ५६ हजार ६४७ जनाको ज्यान गइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको 

तर हमासले युद्धविरामका शर्तहरू स्वीकार्ला भनेर अहिले नै प्रस्ट भइसकेको छैन।
आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू ुदह्रोु रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्। मंगलबार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताएका थिए। ुमलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ,स उनले भने।

गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासलाई तीव्र पारेको तर इजरायलसँगको कुराकानी अड्किरहेको बताएका थिए।

आगामी साता इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग भेट हुनु अगाडि ट्रम्पले यस्तो घोषणा गरेका हुन्। उक्त भेटघाटमा आफू ुदह्रोु रूपमा प्रस्तुत हुने ट्रम्पले बताएका छन्।

मङ्गलवार बोल्दै ट्रम्पले नेतान्याहु गाजामा युद्ध रोक्न चाहन्छन् भन्ने आफूलाई लागेको बताए। ूउनी चाहन्छन्। म भन्न सक्छु उनी चाहन्छन्। मलाई लाग्छ अर्को साता हामी एक सम्झौतामा पुग्न सक्छौँ,ू उनले भने।

गत साता बीबीसीसँग बोल्दै एकजना वरिष्ठ हमास अधिकारीले नयाँ युद्धविराम तथा बन्धक रिहाइको सहमतिका निम्ति मध्यस्थकर्ताहरूले प्रयासहरू तेज पारेको तर इजरेलसँगको कुराकानी अड्किरहेको बताएका थिए।

इजरायलले हमासको पूर्ण विघटन नभएसम्म संघर्ष अन्त्य नहुने भन्दै आएको छ। हमासले चाहिँ स्थायी युद्धविराम र गाजाबाट इजरायलको पूर्ण फिर्तीको माग गरिरहेको छ।

करिब ५० इजरेली बन्धक गाजामा रहेको र तीमध्ये कम्तीमा २० जना जिउँदो रहेको ठानिएको छ। सोमबार गाजाको समुद्री तटमा रहेको एक क्याफेमा भएको इजरायली हवाई हमलाका कारण कम्तीमा २० जना प्यालेस्टीनी मारिएका थिए।

खबरपाटी
खबरपाटी