काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पन्जाब किङ्स फाइनल प्रवेश गरेको छ। पन्जाब किङ्स ११ वर्षपछि प्लेअफका लागि छनोट हुँदै फाइनल प्रवेश गरेको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस सात वर्षा सुरु भएको थियो। वर्षाका कारण खेल भने समयमा सुरु हुन सकेको थिएन। वर्षाका कारण खेल निर्धारित समयभन्दा दुई घण्टाभन्दा बढी समय पश्चात् खेलाइएको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। मुम्बईले दिएको २०४ रनको विजय लक्ष्य पछाएको पन्जाबको जितमा कप्तान श्रेयस अय्यरले कप्तानी पारी खेले। उनले ब्याटिङतर्फ ४१ बलमा पाँच चौका र आठ छक्का सहित ८७ रनको अविजित पारी खेलेका हुन्।
उनको कप्तानी प्रदर्शनमा पञ्जाबले, मुम्बईले दिएको २०४ रनको विजयी लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
पञ्जाबका लागि ओपनरद्वय प्रियाशं अर्या र प्रभसिम्रन सिंहले क्रमशस् २० र ६ रन बनाए। जोश इङ्लिसले ३८, नेहाल बडेराले ४८ रन बनाउँदा मार्कोस स्टोनिस २ रनमा अभिजित रहे।
मुम्बईका लागि बलिङतर्फ अश्विनीकुमारले दुई विकेट लिए ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १(१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको मुम्बई का लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४र ४४ रनको पारी खेले। ओपनिङमा आएका रोहित शर्मा ८ रनमै पेभेलियन फर्किए । अर्का ओपनर जोनी वइर्स्टले ३८ रन बनाए।कप्तान हार्दिक पाण्ड्याले १५ रन बनाए। नमान्दिरले ३८ रन बनाउँदा राज बावा ८ र मिचेल स्यान्तर शून्यमा अविजित रहे।
पञ्जाबका लागि बलिङतर्फ ओजमातुल्ला उमराजाईले २ विकेट लिए। काइल जेमिसन मार्कोस् स्टोनिस, विजय कुमार वैशक र युजवेन्द्र चेहेलले १(१ विकेट लिए।
लिग चरणको खेल सक्दा शीर्षस्थानमा रहँदै क्वालिफायर खेलेको पन्जाबले पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स ब्याङ्गलोर ९आरसीबी०सँग ८ विकेटले पराजित भएको थियो। मुम्बईले भने गुजरात टाइटन्सलाई एलिमिनेटरमा २० रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा छनोट भएको थियो।
आइपीएलको लिग चरणका शीर्ष दुईले नै उपाधिका लागि खेल्ने भएका छन्। यी दुवै टिमले हालसम्म आइपीएलको कुनै पनि उपाधि जितेका छैनन्। आरसीबीले २०१६ पश्चात् फाइनल खेल्दैछ। पन्जाब किंग्सले भने २०१४ मा पहिलोपटक फाइनलमा स्थान बनाएको थियो। त्यसबेला टिमको नाम किङ्स इलेभेन पन्जाब रहेको थियो। २०१४ मा पञ्जाबले कोलकत्ता नाइट राइडर्ससँग फाइनलमा हार बेहोरेको थियो।
कप्तान श्रेयस ऐय्यर आइपीएलमा तेस्रो पटक तीन फरक टिमलाई फाइनलसम्म डोर्याउने कप्तान हुन्। उनले दिल्ली क्यापिटल्स र कलकत्ता नाइट राइडर्सलाई यसअघिका संस्करणमा फाइनलसम्म पुर्याएका छन्। यो उनको कप्तानको रुपमा तेस्रो आइपीएल फाइनल हो। यस अघि २०२० मा दिल्ली क्यापिटल्स र २०२४ मा कोलकता नाइट राइडर्सलाई श्रेयसले कप्तानको रूपमा फाइनलमा पुर्याएका थिए।
पन्जाब र आरसीबी दुवै टिमले आफ्नो पहिलो आइपीएल उपाधिका लागि खेल्नेछन्। २०२५ को आइपीएलको फाइनल खेल मंगलबार हुनेछ।