साताको चौथो कारोबार दिन नेप्सेमा १७.४४ अंकको वृद्धि, ८ अर्ब ५८ करोडको कारोबार

साताको चौथो कारोबार दिन नेप्सेमा १७.४४ अंकको वृद्धि, ८ अर्ब ५८ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा कारोबार भएका १४८ कम्पनीको मूल्य बढ्दा आज ९७ कम्पनीको मूल्य घटेको छ । यसदिन ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ । 

सबैभन्दा धेरै ङादी ग्रुप पावरको १ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ६० करोड ८ लाख रुपैयाँ र निभर्सल पावरको ५१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९।९९ प्रतिशत र तेस्रोमा पियोर इनर्जीका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका छन् ।

यसदिन बराही हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ६।८४ प्रतिशतका दरले गुमाएका छन् । 

खबरपाटी
खबरपाटी