शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाबाट उक्त विधेयक पारित भएको हो ।


प्रतिनिधि सभामा सांसदहरूले उठाएको विषयको जवाफ दिँदै शिक्षामन्त्री रघुजी पन्तले अव कैलाली र कञ्चनपुर विश्वविद्यालयले शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्र बन्ने बताए ।

‘काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर दिल्लीतिर जाने लर्कोलाई यो विश्वविद्यालय निर्माणपछि त्यो कैलालीको गेटमा रोकिनेछ । र कैलाली स्वास्थ्य र शिक्षाको एउटा महत्त्वपूर्ण केन्द्रका रूपमा उपस्थित जनाउनेछ,’ उनले भने ।

खबरपाटी
खबरपाटी