एकसाथ कांग्रेस र माओवादीमाथि खनिए एमाले सांसद थापा

एकसाथ कांग्रेस र माओवादीमाथि खनिए एमाले सांसद थापा

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले सहमतिमा काम गरिरहेको दाबी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेकाले अब बजेटको तयारीमा लागेको बताए । थापाले दिनहुँ सरकारविरुद्ध चलखेल भइरहेको पनि उल्लेख गरे ।

आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैनजस्ता वक्तव्यबाजीले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनि प्रदुषण हुने क्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ’, उनले भने, ‘त्यस्ता वक्तव्य र बकवास निरर्थक सावित भएका छन् ।’

उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी संसद्मा यस्तो टिप्पणी गरेका हुन् ।

खबरपाटी
खबरपाटी