काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा छानबिनका लागि कूटनीतिक पहल गर्नुभएको छ।
मन्त्री डा. राणाले घटना लगत्तै परराष्ट्र मन्त्रालयले भारत र ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित दूतावासमार्फत् घटनाको छानबिनका लागि कूटनीतिक पहल थालेको जानकारी दिएकी हुन्।
परराष्ट्रमन्त्री डा. राणाले फेसबुकमा लेखेकी छन्, ‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ।’
घटनाले मर्माहत बनाएको भन्दै परराष्ट्रमन्त्री राणाले प्रिसाको आत्माको चिर शान्तिको कामना गरेकी छन्। उनले दुखको घडीमा उनको परिवारजनमा गहिरो समवेदनासमेत व्यक्त गरेकी छन्।