आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको बताएका छन्। लामो समयदेखि जारी आन्दोलन समाधानको दिशातर्फ उन्मुख हुँदै गएको मन्त्री पन्तको दाबी छ।
आज (मंगलबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पन्तले भने, ‘शिक्षक महासंघका पदाधिकारीज्यूहरूलाई पर्खिरहेको छु। हिजो सकारात्मक कुराकानी भएको छ, त्यसलाई अगाडि बढाउन उहाँहरूको प्रतीक्षामा छु।’ उनले सरकार शिक्षकहरूसँग वार्तामा प्रतिबद्ध रहेको र समस्याको समाधान संवादबाटै खोजिने स्पष्ट पारे।
नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै सुरु गरेको आन्दोलन आज २८ औँ दिनमा प्रवेश गरेको छ। यस आन्दोलनले देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित भएको छ।