एकदिवसीय क्रिकेटमा विराट कोहलीको १४ हजार रन

एकदिवसीय क्रिकेटमा विराट कोहलीको १४ हजार रन

काठमाडौं  । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा १४ हजार रन पूरा गरेका छन् । 


आइतबार राति पाकिस्तानसँग खेलिएको खेलमा कोहलीले आफ्नो १४ हजार रन पूरा गरेका हुन् । 


उनले २९९औं खेल र २८७ इनिङमा १४ हजार रन पूरा गरेका हुन् ।

यो उपलब्धि हासिल गर्ने कोहली विश्वका तेस्रो र भारतका दोस्रो ब्याट्सम्यान हुन् । 

यसअघि भारतका सचिन तेन्दुलकरले १४ हजार रन पूरा गर्न ३५० इनिङ खेलेका थिए । 

खबरपाटी
खबरपाटी