नगरकोटमा वनभोज गएर फर्किएको बस शंखरापुरमा दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४० घाइते

नगरकोटमा वनभोज गएर फर्किएको बस शंखरापुरमा दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु, ४० घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका- ५ कात्तिकेमा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४० जना घाइते भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।

चाबहिलस्थित सत्य साई एकेडेमीका विद्यार्थी बोकेको सुन्दरीमाई यातायातको बा२ख ७९५८ नम्बरको बस बुधबार दिउँसो ४ बजेर ५० मिनेटमा ब्रेक फेल भई दुर्घटना भएको हो । भक्तपुरको नगरकोटबाट पिकनिक सकेर फर्कँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

बस ३९ वर्षीय मनीष माझीले चलाएका थिए । घाइते विद्यार्थीहरूको शंखरापुरस्थित पिपुल्स लाइफ केयर अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी