एलन मस्कमाथि विपक्षी दल आक्रामक, डोनाल्ड ट्रम्प उनको बचाउमा उत्रिए

एलन मस्कमाथि विपक्षी दल आक्रामक, डोनाल्ड ट्रम्प उनको बचाउमा उत्रिए

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले एलन मस्कमाथि गरेको आक्रामक टिप्पणीको जवाफ दिएका छन्।

उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थी मनसाय नभएको बताएका छन्।

यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले एलन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो।

मस्कको बचाउमा आउँदै राष्ट्रपति ट्रम्पले अमेरिकी च्यानल फक्स न्यूजलाई भने, “उनी ९मस्क० ले यसबाट केही पाउँदैनन्। वास्तवमा, उनले यसको लागि कसरी समय निकाल्छन् भन्ने कुरामा म छक्क पर्छु।”

ट्रम्पका अनुसार मस्कको विभाग, सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्नेछ। यो काम आगामी ‘२४ घण्टा’ भित्र सम्पन्न हुन सक्ने सम्भावना छ।

ट्रम्पले भने, “हामी सेनामा अर्बौं डलरको ठगीको पर्दाफास गर्नेछौं। मानिसहरूले मलाई यही कारणले रोजेका छन्।”

खबरपाटी
खबरपाटी