नबिल बैंकले ६ महिनामा कमायो ३ अर्ब २४ करोड नाफा

नबिल बैंकले ६ महिनामा कमायो ३ अर्ब २४ करोड नाफा

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो भनेको गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ थियो ।

यो अवधिमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।

बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ५ पैसा छ ।

खबरपाटी
खबरपाटी