तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं । कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन् । सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यस्तै धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय निराजन बिष्ट पक्राउ परेका छन् । बिष्टलाई ११० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।