इजरायल-लेबनानमा संघर्ष झन्झटस् हेजबुल्लाहको आक्रमणपछि इजरायलले कडा प्रतिक्रिया दिने चेतावनी

इजरायल-लेबनानमा संघर्ष झन्झटस् हेजबुल्लाहको आक्रमणपछि इजरायलले कडा प्रतिक्रिया दिने चेतावनी

काठमाडौं । इजरायलले सोमबार साँझ लेबनानमा हेजबुल्लाहलाई लक्ष्य गरी आक्रमण गरेको जनाएको छ। हेजबुल्लाहले पनि जवाफमा इजरायली पोस्टमा गोली प्रहार गरेको छ।  दुवै पक्षले एकअर्कालाई गत हप्ता भएको युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।


लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको दुई गाउँमा इजरायली आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानभरि हेजबुल्लाहको लक्ष्यमा आक्रमण गरेको बताएको छ। हेजबुल्लाहले इजरायलले कब्जा गरेको इलाकामा रहेको सेनाको चौकीमा गोली प्रहार गरेको प्रतिक्रिया दिएको छ।


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हेजबुल्लाहको आक्रमणलाई युद्धविरामको गम्भीर उल्लंघन भन्दै इजरायलले कडा प्रतिक्रिया दिने बताएका छन्। युद्धविराम सम्झौताको घोषणा गर्दा नेतन्याहुले हेजबुल्लाहले सम्झौताका सर्त उल्लंघन गरेमा कारबाही गर्न नहिचकिचाउने बताएका थिए। 


 

खबरपाटी
खबरपाटी