एनपीएलमा बेटिङ गरेको आरोपमा ४ जना पक्राउ

एनपीएलमा बेटिङ गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी (बेटिङ) गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०बाट खटिएको प्रहरी टोलीले चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । 

सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होवीन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय सुमन भोज, २५ वर्षीय अमित यादव, २४ वर्षीय सुमन कुमार र २५ वर्षीय ब्रजेश कुमार रहेका छन् । उनीहरू चारै जना बिहार राज्यका हुन् ।  

बोगटीका अनुसार सुमन भोज र अमित यादव सोमबार पक्राउ परेका हुन् भने सुमन कुमार तथा ब्रजेश कुमार मङ्गलबार पक्राउ परेका हुन् ।

उनीहरूमाथि थप अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको बोगटीले सुनाए । उनीहरू कुन प्लेटफर्ममा सक्रिय थिए भन्ने विवरण खुलेको छैन ।

खबरपाटी
खबरपाटी