इजरायल र हिजबुल्लाह युद्धविराम नजिक, नेतन्याहुको मन्त्रिपरिषद्‌मा छलफल हुने

इजरायल र हिजबुल्लाह युद्धविराम नजिक, नेतन्याहुको मन्त्रिपरिषद्‌मा छलफल हुने

इजरायली र अमेरिकी अधिकारीहरूले इजरायल र लेबनान युद्धविराममा सम्झौतामा पुग्न नजिक रहेको बताएका छन्।

यसबारे छलफल गर्न इजरायली मन्त्रिपरिषद्को बैठक आज ९मंगलबार० बस्दै छ।

इजरायल र लेबनानमा रहेको इरान समर्थित शिया सशस्त्र समूह हिजबुल्लाहबीचको लडाइँ अन्त्य गर्न ६० दिनको युद्धविराम प्रस्ताव गरिने सम्भावना छ। 

यसमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गर्ने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्यको विषय पनि समावेश छ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले भने, ‘हामीलाई लाग्छ कि हामी युद्धविरामको नजिक पुगेका छौँ।’

आइतबार नै हिजबुल्लाहबाट इजरायलमा २५० रकेट प्रहार भएको बेला यो कुरा सार्वजनिक भएको हो।

खबरपाटी
खबरपाटी