कोसीका पूर्वमन्त्री अधिकारीलाई सात दिन हिरासतमा राख्न अनुमति

कोसीका पूर्वमन्त्री अधिकारीलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमडौं । कोसी प्रदेशका पूर्वकानुनमन्त्री लीलावल्लभ अधिकारीलाई अदालतले सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकारीसहित नौ जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए । उनीसँगै त्यही कार्यक्रममा सहभागी हुन भन्दै रसुवाको कालिका गाउँपालिका–५ घर भई काठमाडौंको मनमैजुमा बस्दै आएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ घर भई काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई समेत टोकियो विमानस्थल पुगेका थिए ।

टोकियो विमानस्थल कार्यालयले भने त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको हो ।

खबरपाटी
खबरपाटी