राष्ट्र बैंकले दियो १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई

राष्ट्र बैंकले दियो १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने जिम्मा चिनिया कम्पनीलाई

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ ।

केन्द्रीय बैंकले १०० रुपैयाँ दरका नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन लाई नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारी  दिने निर्णय गरेको जनाएको हो ।

बैंककाअनुसार चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्ने बताएको छ । केन्द्रीय बैंकले बोलकबोलमा सहभागी हुने बोलपत्रलाई सबैभन्दा न्यून मूल्यको रूपमा मान्यता दिँदै प्रस्तावलाई स्विकार गरेको हो । 

खबरपाटी
खबरपाटी