आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
एनएमबी बैंक लिमिटेडले १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो।
यो सेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ । खरीदकर्ताले उल्लेखित सम्पूर्ण सेयर खरीद गर्नु पर्ने छ
सेयर खरीदको निवेदन प्राप्त भएपछि बिक्रेता संस्थापकसँग समन्वय गरेर आपसी सहमतिमा मात्र शेयर खरीद बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । यसअघि उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो।