एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको घोषणा

एलन मस्कलाई सल्लाहकार बनाउने ट्रम्पको घोषणा

काठमाडौं ।अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार बनाउन आफू तयार रहेको बताएका छन् । 

समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार बनाउने बताएका हुन् । ुयदि उनले चाहे भने यो पक्कै हुनेछ,ु मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को पद दिनेबारे सोधिएको प्रश्नमा उनले भने । 

ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए । 

टेस्ला र स्पेसएक्सका मालिक मस्कलाई ट्रम्पले हालै सोशल मिडिया प्लेटफर्म एक्समा अन्तर्वार्ता दिएका थिए ।

खबरपाटी
खबरपाटी