टी-२० विश्वकप: ‘सुपर आठ’ को पहिलो खेलमा दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

टी-२० विश्वकप: ‘सुपर आठ’ को पहिलो खेलमा दक्षिण अफ्रिकाद्वारा अमेरिका  पराजित

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्।

सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

टी-२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर आठ’ को पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई १८ रनले पराजित गरेको छ। जितका लागि १ सय ९५ रनको उच्च लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाले दिएको विशाल लक्ष्य बहादुरिका साथ पछ्याएको अमेरिकाका लागि ओपनर आन्द्रेस गौउसले ८० रनको नटआउट इनिङ खेले। त्यस्तै अर्का ओपनर स्टेभन टेलरले २४ रन बनाउँदा हर्मित सिंहले ३८ रन बनाए। कोरि एन्डर्सन १२ रनमा आउट भएका थिए। दक्षिण अफ्रिकाका लागि कागिसो रबडाले ३ विकेट लिंदा एनरिच नोर्तेज र तब्राइज साम्सीले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो। दक्षिण अफ्रिकाले उच्च स्कोर बनाउने क्रममा ओपनर क्विन्टन डिककले ४० बलमा ७ चौका र ५ छक्काको सहयोगमा ७४ रन बनाए। उनी म्यान अफ द म्याच घोषित भए।

त्यस्तै कप्तान एइडन माक्रमले ४६ रन बनाउँदा हेनरिच क्लासेनले ३६ रन बनाए। त्यस्तै ट्रिस्टन स्टब्सले २० रन बनाउँदा रिचजा हेन्ड्रिक्सले ११ रन बनाए। अमेरिकाका लागि शौरभ नेत्रभाल्करले २ विकेट लिंदा हरमिन सिंहको नाममा पनि २ विकेट रह्यो।

 

खबरपाटी
खबरपाटी