बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री पुनले जवाफ दिने

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री पुनले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । 

आज बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र  ‘भन्सार महसुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

खबरपाटी
खबरपाटी