मिस प्लस साइज चितवन २०२४ को अडिसन बुधबारबाट नारायणगढमा सुरु

मिस प्लस साइज चितवन २०२४ को अडिसन बुधबारबाट नारायणगढमा सुरु

चितवन । प्लस  साइज नेपालको आयोजनामा प्लस साईज ६० केजी भन्दा माथि तौल भएका १६ वर्ष देखि ३५ वर्ष सम्मका विवाहित तथा अविवाहित महिलाहरुको सुन्दरतालाई निखारता ल्याउने, उनीहरूको क्षमता अभिवृद्धि गर्ने र नेतृत्वदायी भूमिका निर्वाहा गर्ने उद्येश्यले प्लस साइज नेपालले पहिलो पटक मिस प्लस साइज चितवन गर्न लागेको हो।

हाल सम्म ४० भन्दा बढी प्लस साइज महिलाहरुले अडिसनको लागि आवेदन भरेका छन् भने ३० जना भन्दा बढी प्लस साइज महिलाहरु अडिसनमा सहभागिता हुने अनुमान गरिएको मिस प्लस साइज चितवनका निर्देशक रञ्जित क्षेत्रीले बताए।

अडिसन भोलि दिउँसो १ बजेबाट हुने क्षेत्रीले जनाएका छन्।

अडिसन बाट छनोट हुने प्लस साइज महिलाहरुलाई १५ दिनको तालिम दिइने छ। प्लस साइज चितवन २०२४ को ग्रान्ड फिनाले भने असारको दोस्रो साता हुने छ।

चितवनसँगै पोखरा, धरान, बिर्तामोड, नेपालगञ्जमा पनि यो कार्यक्रम हुने प्लस साइज नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल बस्नेतले बताए । यी शहरबाट छानिने विजेता र फर्स्ट रनर अपले काठमाडौंमा हुने मिस प्लस साइज नेपालमा सहभागी हुने अवसर पाउनेछन् । यस्तै मिस प्लस साइज नेपाललाई अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता सहभागी गराइने बस्नेतले जानकारी दिए ।

खबरपाटी
खबरपाटी