कोलकाता आईपीएलको फाइनलमा

कोलकाता आईपीएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुगेको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा कोलकाता सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।

हैदरावादले दिएको १६० रनको लक्ष्य पछ्याएको कोलकाताले १३.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। कोलकाताको जितमा कप्तान श्रेयस ऐयर ५८ र वैकटेस ऐयर ५१ रनमा अविजित रहे। ओपनर रहमनुल्लाह गुरबाज २३ र सुनिल नरिनले २१ रन बनाएर आउट भए।

हैदरावादका लागि कप्तान प्याट कमिन्स र नटराजनले समान १ विकेट लिए। यसअघि हैदरावादले १९।३ ओभरमा अलआउट हुँदै १५९ रन बनाएको थियो। हैदरावादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रनको योगदान दिए। हेनरिच क्लासनले ३२ र कप्तान पट कमिन्सले ३० रन थपे। अब्दुल समदले १६ रन बनाए। कोलकाता लागि मिचेल स्टार्कले ३, वरुण चक्रवर्तीले २ विकेट लिए। योसहित कोलकाता चौथो पटक आईपीएलको फाइनलमा पुगेको छ।

यस अघि २०१२ र २०१४ मा उपाधि जितेको कोलकाता २०२१ मा उपविजेता बनेको थियो। कोलकातासँग हार बेहोरेको हैदरावादले अब दोस्रो क्वालिफायर खेल्न पाउने छ। अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा हैदरावादसँग खेल्ने छ। इलिमिनेटरमा बुधबार रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्स खेल्दै छन्।

खबरपाटी
खबरपाटी