काठमाडौँ । लोकप्रिय ब्रान्ड प्लस साइज नेपालको एघारौँ शाखा सुर्खेतको जुम्ला रोडमा भव्यताका साथ शनिवार उद्घाटन भएको छ । नेपालभर शाखा सञ्जाल विस्तार गरिरहेको प्लस साइज नेपालको सुर्खेत शाखामा विशिष्ट अतिथिहरूदेखि ग्राहाकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
एघारौँ शाखा उद्घाटनको क्रममा प्रमुख अतिथिका रूपमा सामाजिक विकास महाशाखा प्रमुख अनिता ज्ञवालीको उपस्थिति रहेको थियो भने जेसीस नेपालको सुर्खेत जिल्लाकी पूर्व अध्यक्ष सिया कार्की, युएनडिपी प्रतिनिधि क्यारीना श्रेष्ठ, युएनएफओ प्रतिनिधि सिर्जना कार्की, नेपाल जेसीसको राष्ट्रिय उपाध्यक्ष सिता भण्डारी, केनरोङकी प्रथम महिला अध्यक्ष कल्पना विष्ट र फिटनेस एक्सपर्ट केशव थापाको उपस्थिति रहेको थियो ।
एउटै कपडा ७ वटा भन्दा धेरै साइजमा बनाइरहेको प्लस साइज नेपाल, नेपाली प्लस साइज ग्राहाकहरुमा निकै प्रख्यात रहेको छ । प्लस साइज नेपालले पूर्वमा धरान, बिर्तामोड देखि पश्चिममा बुटवलसम्म शाखा सञ्चालन गरिरहेको छ । डेलिभरी सर्भिस नेपालभर भई रहेता पनि प्लस साइज नेपालको शाखा देशभर ११ वटा रहेको छ ।
प्लस साइज नेपालले सम्पूर्ण सोसल मिडिया र एप्स्मार्फत अनलाइनमा आफ्नो राम्रो उपस्थिति देखाइरहेको छ ।