रौतहटको इशनाथ नगरपालिकामा कर्फ्युआदेश जारी

आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यु जारी

रौतहटको इशनाथ नगरपालिकामा कर्फ्युआदेश जारी

रौतहट – जिल्ला प्रशासन कार्यालय रौतहटले इशनाथ नगरपालिकामा कर्फ्युआदेश जारी गरेको छ। पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सृजना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्युआदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरी चौकीसम्मको क्षेत्रमा आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताए।

 

खबरपाटी
खबरपाटी