त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुवाले छोरालाई विदेश छोड्न लाग्दा कविन्द्रले रचेका एक कविता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुवाले छोरालाई विदेश छोड्न लाग्दा कविन्द्रले रचेका एक कविता

ए कवि चरैवेति चरैवेति

एउटा केटो 
आफ्नै देशमा केही गर्नुपर्छ भन्थ्यो 
कलम, डायरी, आला र बुम बोकेर
मन्दमन्द मुस्कान सहित 
देश भित्रै देशको खोजिमा
घरी यता घरी उता कुदिरहन्थ्यो 
तर आज।।।

एकै दशकमा 
गणतान्त्रिक देशको
स्खलित राष्ट्रप्रेम बोकेर 
वर्तमान समाजको नियति देखेर
चुपचाप।।।

उ पनि बग्यो समयको भेलमा
बग्दै उ पुग्छु भन्छ किनारमा 
फर्कन चाहान्छ यै पहाडमा 
प्रिय फूलखर्क,
मलाई निष्ठुरी नभन्नु 
म फूल नै बनेर 
साथमा एउटा 
फूल लिएर फर्किनेछु
सजाउनेछु, सजिनेछु 
र निदाउने छु तिम्रै काखमा
प्रिय जन्मभुमी 
मलाई पर्देशी नभन्नु 
म त्यही  
बिलाउने पाखा र गङ्गाजमुनाको भिर फूल हुँ ।

पछिल्लो समय देशमा केहि गर्नुपर्छ भन्ने सोच युवालाई आएपनि मुलुकमा गरिखाने वातावरण र शैक्षिक अवस्थामा सुधार नहुदा युवामा नैरास्यता देखापरेको छ ।
युवा विदेशीने क्रम बढेको छ ।

उत्पादनशील स्रोतहरूमा युवा वर्गको पहुँचलाई वृद्धि गरी राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एवं कार्यान्वयन प्रक्रियामा लैङ्गिक संवेदनशीलतामा आधारित अर्थपूर्ण सहभागिताको माध्यमबाट नेतृत्व क्षमता विकास गरी युवालाई राष्ट्रिय विकासको संवाहक शक्तिका रूपमा स्थापित गर्न अति नै आवश्यक छ । अन्त्यमा नवीन दृष्टिकोण, दृढ इच्छाशक्तिले भरिपूर्ण युवा पुस्ता नेतृत्वमा नआएसम्म देशको मुहान फेरिनेवाला छैन । त्यसैले युवाभित्रको सृजनशीलता, जोश, जाँगर, ऊर्जा र क्षमतालाई हेरेर युवालाई नेतृत्व दिनु पर्छ र नेतृत्व हस्तान्तरण गर्दै पाको पुस्ताले मुलुकलाई समृद्धितर्फ डोर्‍याउनु पर्छ ।

खबरपाटी
खबरपाटी