जापानमा शक्तिशाली भूकम्पको धक्का, सुनामी आउने चेतावनी

जापानमा शक्तिशाली भूकम्पको धक्का, सुनामी आउने चेतावनी

काठमाडौं । जापानको इशिकावा प्रिफेक्चरमा सोमबार शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको तीव्रता ७ दशमलव ५ रेक्टर स्केल मापन गरिएको छ । भूकम्पपछि प्रशासनले सुनामीको चेतावनी जारी गरेको छ ।

जापानी मिडिया एनएचकेका अनुसार प्रशासनले ५ मिटर (१६ फिट) अग्लो छालहरू उठ्न सक्ने बताएको छ । तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । 

 

 

खबरपाटी
खबरपाटी