भारतीय कांग्रेसका एक सांसद परिवारको मदिरा कारखानामा भेटियो ३ अर्ब ५१ करोड नगद

भारतीय कांग्रेसका एक सांसद परिवारको मदिरा कारखानामा भेटियो ३ अर्ब ५१ करोड नगद

काठमाडौं- कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको एक डिस्टलरी (मदिरा बनाउने कारखाना) कम्पनीमा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो। 

झारखण्डका राज्य सभा सांसद धीरज साहुको परिवारको कम्पनीमा उक्त रकम भेटिएको हो। अहिलेसम्म साहु यस विषयमा बोलेका छैनन्। 

कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो। पाँच दिनअघिदेखि जाँच सुरु भएको थियो।

आयकर विभागका कर्मचारीहरुले मात्रै रकम गणना गर्न नसकेपछि विभिन्न बैंकबाट ८० जना मगाइएको थियो। पाच दिन २४ सै घन्टा गणना गरेपछि सकिएको हो।

खबरपाटी
खबरपाटी