युद्धविराम सकिएलगत्तै इजरायलद्वारा दक्षिणी गाजामा हवाई आक्रमण सुरु

युद्धविराम सकिएलगत्तै इजरायलद्वारा दक्षिणी गाजामा हवाई आक्रमण सुरु

गाजामा हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिणी गाजामा धेरै हवाई हमला गरिएको जनाएको छ। मन्त्रालयले टेलिग्राम मार्फत यो जानकारी दिएको हो ।

उत्तरी गाजामा पनि धेरै विस्फोटको आवाज सुनिएको बताइएको छ । गाजा सहरको उत्तर(पश्चिममा पनि गोलीबारी भएको छ।

हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। आजबाट सम्झौता सकिएको छ। सम्झौता सकिएलगत्तै हवाई आक्रमण सुरु भएको हो।

यो युद्धविराम अगाडि बढ्ने आशा थियो। अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेन ।

गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ ।

खबरपाटी
खबरपाटी