एसिया कप यू-१९ को समूह चरणमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

एसिया कप यू-१९ को समूह चरणमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

काठमाडौं । यू-१९ एसिया कप २०२३ को खेल तालिका सार्वजनिक गरिएको छ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) का अनुसार नेपाल समूह ‘ए’ मा परेको छ।

नेपालसहित समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्। अर्को समूहमा बंगलादेश, श्रीलंका, युएई र जापान छन्। 

नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर २२ मा दुबईको आइसिसी एकेडेमी ओभल(२ मा खेल्नेछ।


दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।

समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।

नेपालले सन् २०२४ को जनावरीमा श्रीलंकमा यू(१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो।

नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।

खबरपाटी
खबरपाटी