कोसीमा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, छलफलमा प्रदेश प्रमुख

कोसीमा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, छलफलमा प्रदेश प्रमुख

विराटनगर । कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको छ । शुक्रबार साँझसम्म मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको थियो । तर, अझै नियुक्ति प्रक्रिया अघि बढेको छैन । 

प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिबारे छलफल थालेका छन् । उनले मुख्यमन्त्री हिक्मत कार्की र प्रस्तावित मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरिरहेका छन् ।

बिहीबार कांग्रेसका आठ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।अर्कोतिर केन्द्रीय गठबन्धनको निर्णयअनुसार माओवादी केन्द्रका इन्द्र आङ्बो पनि दाबी पेस गरेका थिए ।  

कोसीमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।‌

खबरपाटी
खबरपाटी