गणेश देव पाण्डेको निर्देशनमा बनेको फिल्म जुलेविको पहिलो पोस्टर नारी दिवसका दिन सार्वजनिक गरिएको थियो । फिल्मको फर्स्ट लुकलाई निकै कलात्मक ढङ्गका साथ प्रस्तुत गरिएको थियो । फर्स्ट लुक सार्वजनिक गरेको ४ महिनापछि जुलेवि फिल्मको प्रर्दशन मिति तय गरिएको हो ।
चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ साथै मोनिका थापा, सुरक्षा पन्त, उषा रजक, निशाा अधिकारी लगायतका कलाकारको पनि अभिनय उक्त फिल्ममा रहेको छ ।
चार नारीलाई मुख्य पात्र बनाएर निर्माण गरिएको चलचित्रको निर्माता पनि नारी नै रहेकी छन् । नारी दिवसको दिन अर्थात २०७९ साल फागुन २४मा फिल्मको फ्रस्ट लुक्स तामझामका साथ सार्वजनिक गरिए पनि उक्त फिल्मको टिजर भने हालसम्म सार्वजनिक भएको छैन ।
प्रेमकथामा आधारित चलचित्र ‘जुलेबी’को आगामी भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ। निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौता संगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्रि गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ।
उक्त फिल्मको कलाकार मोनिका थापा भन्छिन, फिल्म ढिलानै भएपनि एकदम सहि समयमा रिलिज हुन गइरहेको छ । फिल्मको कथा निकै नै राम्रो बनेको छ । सब फिल्मको सदस्यहरुले यस फिल्मका धेरै मिहिनेत गरेका छन् । ३ नारीको प्रेम कथामा आधारीत यस फिल्मले बक्स अफिसमा राम्रो प्रर्दशन गर्ने छ, भदै १ गते फिल्म हेर्न अवश्य आउनु होला । साथै मोनिका थापाले नेपाली फिल्म जगतमा जुलेवि फिल्म एक उत्कृट फिल्म हुने दाबी गरेकी छिन् ।
निर्माण टिम र वितरण कम्पनि डिसीएन बिच कागजी सम्झौता संगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यसै गरी चलचित्रको डिजिटल राइट्स पनी बिक्रि गरिएको छ। डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ।