सकियो ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’

अफ्रिकी प्रतिस्पर्धातर्फ छोटो चलचित्र ‘या’ बाट इसी ह्यामोहले निर्णायक अवार्ड, वृत्तचित्र विधामा जिम्बाब्वेको ‘कलिङ द डेड’ उत्कृष्ट घोषित भए ।

सकियो ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’

‘काठमाडौं । ‘नेपाल अफ्रिका चलचित्र महोत्सव २०२३’ सम्पन्न भएको छ । गत शनिबारदेखि जमलस्थित नाचघरमा सुरू भएको महोत्सवमा चलचित्रको विधातर्फ ‘प्रकाश’ (नेपाल) र ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ (अफ्रिका) उत्कृष्ट घोषित भए । अफ्रिकी प्रतिस्पर्धातर्फ छोटो चलचित्र ‘या’ बाट इसी ह्यामोहले निर्णायक अवार्ड, वृत्तचित्र विधामा जिम्बाब्वेको ‘कलिङ द डेड’ उत्कृष्ट घोषित भए ।

नेपाली प्रतिस्पर्धातर्फ विकास सुवेदी पटकथा लेखक ९प्रकाश०, सङ्गीतकार एलिश कार्कीले ९मान्छे मान्छे–प्रकाश०, अभिनेता तेज गिरी ९प्रेमगञ्ज०, अभिनेत्री नीता ढुङ्गाना ९भाग्य०, निर्देशक रोशनकुमार श्रेष्ठ ९भाग्य० ले अवार्ड जित्नुभयो । 

महोत्सवमा १० अफ्रिकी र नेपालका १२ सहित कूल २२ चलचित्र सहभागी थिए । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकास बोर्ड तथा विलक्षण क्रिएसनको सहआयोजना रहेको कार्यक्रमले नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्न टेवा पु¥याएकोे महोत्सवका अध्यक्ष मञ्जु मिश्रले बताउनुभयो ।

महोत्सवमा एक दिवसीय अभिनय कार्यशालाका साथै ‘नेपाली लघु चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार’ शीर्षकमा छलफलसमेत भएको महोत्सवका निर्देशक डब्बु क्षत्रीले जानकारी दिनुभयो ।  रासस

खबरपाटी
खबरपाटी