आजको मौसमः देशभर सामान्यदेखि पूर्ण बदली रहने

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

आजको मौसमः देशभर सामान्यदेखि पूर्ण बदली रहने

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र वागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, वागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ(गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  देशको तराई भू(भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी